केन्याली स्टेफनले जिते पोखरा म्याराथन, राजपुराको ह्याट्रिक

पाेखरा | फागुन ६, २०७९

केन्याली स्टेफनले जिते पोखरा म्याराथन, राजपुराको ह्याट्रिक

पोखरा:   सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्या धावक स्टेफेन कोसगेईले लगातार दोस्रो पटक जितेका छन् ।  आज (शनिबार) पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् । 


केन्याका धावक स्टेफनले अघिल्लो संस्करणमा सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।


यस्तै केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । 


पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्धितीय भएका सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् ।


हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुराको ह्याट्रिक


यस्तै शनिबार नै सम्पन्न भएको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईले ह्याट्रिक गरेकी छिन् । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् ।  उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पूरा गरिन् । 


एपिएफकी वृन्दा देसार श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन । यस्तै नेपाल पुलिसकी रेखा विष्ट सान्त्वना भईन । उनले १ घण्टा ३० मिनेट १४ सेकेण्ड मा पूरा गरिन् । 


महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतीय पूर्णलक्ष्मीले ७५ हजार र सान्त्वना भएकी विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । 


 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्